चितवन : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यर्थी युनियन (अखिल क्रान्तिकारी)ले वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरको स्ववियू सभापतिको रुपमा सुजन खनाललाई उम्मेद्वारी दर्ता गराएका छन् ।
आसन्न चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यर्थी युनियन (अखिल क्रान्तिकारी) बीरेन्द्र बहुमुखी क्याम्पसको मुल इकाई समितिले उपाध्यक्ष समेत रहनुभएका खनाललाई स्ववियु सभापतिको उम्मेद्वारमा सिफारिस गरेसगै उहाले उम्मेदवारी दर्ता गर्नु भएको हो ।
२०५५ साल माघ २५ गते आरुघाट गाउँपालिका ८ गोरखामा जन्मिनुभएका खनाल उच्च शिक्षा हासिल गर्न २०७४ मा चितवन बीरेन्द्र क्याम्पसमा बिबिएसमा भर्ना हाल एमबिएसमा अध्ययनरत हुनुहुन्छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij