Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

आर्युवेद तथा वैकल्पिक चिकित्सालय रत्ननगरको अध्यक्षमा अधिकारी

आर्युवेद तथा वैकल्पिक चिकित्सालय रत्ननगरको अध्यक्षमा अधिकारी

रत्ननगर : पूर्वि चितवनको रत्ननगरमा रहेको प्रादेशिक आर्युवेद तथा वैकल्पिक चिकित्सालयको ब्यवस्थापन समितिको अध्यक्षमा राजेन्द्र अधिकारी नियुक्त भएका छन् । अधिकारीलाई बागमती प्रदेश सरकारले अस्पताल ब्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरेको हो । फागुन २१ गते बसेको बागमती प्रदेशको मन्त्रीपरिषद् बैठकले अधिकारीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । रत्ननगर वडा नम्बर १६ का स्थायी बासिन्दा अधिकारीले मंगलबार अस्पताल ब्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी पाएका छन् । १४ बर्ष शिक्षा मन्त्रालय अन्तर्गत प्राथमिक शिक्षा परियोजनामा कार्य गरिसकेका अधिकारी बुद्ध एयरको डेपुटी म्यानेजरको रुपमा पनि कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट