Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

युगान्डामाथि नेपालको रोमाञ्चक जित

युगान्डामाथि नेपालको रोमाञ्चक जित

काठमाडौं : नेपालले चार देशीय महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।नेपालले युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा आइतबार भएको खेलमा घरेलु टोली युगान्डामाथि एक विकेटको रोमाञ्चक दर्ता गरेको हो ।युगान्डाले दिएको ७७ दिनको लक्ष्य नेपालले १९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका लागि ओपनर सना प्रविणले ३५ बलको सामना गरेर सर्वाधिक १७ रन जोडिन् । यस्तै, पूजा महताले ३० बलमा १६ रन जोडिन् भने रुविजना क्षेत्रीले १० रन बनाइन् । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७६ रनको योगफल बनाएको थियो । युगान्डाका लागि इमाकुलेट नाकिसुईले सर्वाधिक २२ रन जोडिन् ।त्यसैगरी स्टेफेनिया नाम्पिलिनाले १४ रन जोडिन् भने मलिषा अरिकोटाले ११ रन जोडिन् ।

बलिङतर्फ नेपालकी पूजा महतोले ३ विकेट लिइन् । कप्तान इन्दु बर्माले २ विकेट लिइन् ।यसअघि हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो । युगान्डाले भने हङकङलाई आठ विकेटले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट