Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

महिला दिवसका अवसरमा नर्भिक अस्पतालमा विशेष छुट

महिला दिवसका अवसरमा नर्भिक अस्पतालमा विशेष छुट

काठमाडौँ : नर्भिक इन्टरनेशनल अस्पतालले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिलाहरूका लागि उपचार तथा परीक्षण प्याकेजमा छुटको घोषणा गरेको छ । अस्पतालले ‘वुमन्स वेलनेस प्याकेज’ मा थप १५ प्रतिशत छुट दिने जनाएको हो ।

यो छुट अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चदेखि एक सातासम्मका लागि कायम हुने अस्पतालले जनाएको छ । अस्पतालले ‘वुमन्स वेलनेस प्याकेज‘ मा १५ प्रतिशत छुट दिँदै आएकोमा थप १५ प्रतिशत छुटको घोषणा गरेको हो । अब ८ मार्चदेखि एक सातासम्म यो प्याकेजमा कूल ३० प्रतिशत छुट उपलब्ध हुनेछ ।

यस्तै, महिला दिवसकै अवसरमा हाइड्राफेसियल र लेजर हेयर रिमुभलमा २५ प्रतिशत छुट दिने अस्पतालले जनाएको छ । यो सेवा पनि ८ मार्चदेखि सुरु भएर एक सातासम्म कायम रहनेछ । अस्पतालले सेवा लिनका लागि फोन नम्बर ०१–५९७००३१ र ह्वाट्स एप तथा भाइबर नम्बर ९८२३८८४४८८ मा सम्पर्क गर्न आग्रह गरेको छ

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट