Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

लन्डनकी अन्जुले पूरा गरिन् विश्वकै ठुला ६ वटा म्याराथन

लन्डनकी अन्जुले पूरा गरिन् विश्वकै ठुला ६ वटा म्याराथन

लन्डन : लन्डनबासी नेपाली महिला तेजमाया रेग्मी सिग्देल (अन्जु)ले विश्वकै ठुला ६ म्याराथन पूरा गरी ६ संयुक्त मेडल हासिल गर्न सफल भएकी छन्। उनले गत २ मार्च आइतबार टोकियो म्याराथन सम्पन्न गरेर आफ्नो जीवनको दौड सपना पूरा गरेकी हुन् ।

अन्जुले यसअघि बोस्टन, लन्डन, बर्लिन, सिकागो र न्यूयोर्क म्याराथन सम्पन्न गरिसकेकी थिइन् । ‘म निकै खुसी छु । सपना साँच्नु पर्छ असम्भव केही रहेनछ भन्ने महसुस भएको छ’( अन्जुले भनिन् ‘मेरो दौड यात्रामा सधैँ हौसला दिने श्रीमान् र परिवारप्रति आभारी छु ।’ सन् २०२० मा म्याराथन दौड सुरु गरेकी उनले हालसम्म १२ फुल म्याराथन सकिसकेकी छन्। उनले यस अघि एभरेस्ट म्याराथन गर्ने क्रममा नेपालको सुदूर पश्चिमको सुर्खेतमा अवस्थित बादी बालबालिकाको सहयोगको लागि चन्दा उठाएर सहयोग गर्न सकेको क्षण आफ्नो जीवनको सबैभन्दा गौरवपूर्ण अनुभव मानेकी छन् र यसमा सहयोग गर्ने सबैलाई ह्रदयदेखि धन्यवाद दिन चाहन्छिन्।

यूके एथलेटिक्समा रजिस्टर्ड नेपाल रन युकेकी क्रियाशील सदस्य, लायन्स क्लब अफ नारायणगढ दियालो र नेपलिज ब्रिटिस कम्युनिटी युकेकी कार्यकारी ट्रष्टी मेम्बर समेत रहेकी अन्जु विभिन्न परोपकारी कार्यमा पनि क्रियाशील छन्। जापानको टोकियो म्याराथनको अवसर दिलाउने टोकियो म्याराथन लिगेसी नामक च्यारिटी संस्था र चन्दा दिएर यस च्यारिटीका लागि केही रकम जुटाउन सहयोग गर्ने सबैप्रति आफू निकै कृतज्ञ भएको उनले बताइन् ।

महिलालाई म्याराथनमा भाग लिन प्रेरित गर्ने र महिला स्वास्थ्यमा खेलकुद, दौड जस्ता शारीरिक व्यायामले पुग्ने फाइदाबारे आम महिलामा चेतना जगाउने जमर्को आफूले गर्न चाहेको अन्जु बत्ताउँछिन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट