चितवन : भरतपुर महानगर भित्रका विद्यार्थीहरुको विद्यालयमा नै स्वास्थ्य परिक्षण तथा स्क्रिनिङ अभियान शुभारम्भ भएको छ । भरतपुर महानगरका मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारी र स्वास्थ्य विज्ञ सल्लाहकार डा.भोजराज अधिकारीले संयुक्त रुपमा स्वास्थ्य परिक्षणका लागि आवश्यक सामाग्री हस्तान्तरण गर्दै नारायणी नमुना माविबाट स्वास्थ्य परिक्षण तथा स्क्रिनिङ अभियान शुभारम्भ गर्नुभएको हो । भरतपुर महानगर भित्र अध्ययन गर्ने सामुदायिक विद्यालयका झण्डै ४२ हजार विधार्थीहरूलाई लक्षित गरि अभियान सुरु गरेको मेयर रेनु दाहालले जानकारी दिनुभयो ।
विद्यार्थीहरुमा रहेको स्वास्थ्य समस्य थाहा पाउने र सामान्य भएमा उपचार गर्ने उद्देश्यले स्वास्थ्य परीक्षण गरिएको हो । स्वास्थ्य समस्यका कारण विद्यालयमा विद्यार्थीहरुको अनुपस्थित हुने, अभिभावक र विद्यालय प्रशासनलाई समेत थाहा हुने भएकाले स्वास्थ्य परीक्षण गरिएको कार्यक्रम संयोजक केशव भट्टले बताउनुभयो । विद्यालयको कक्षा युकेजीदेखि १२ कक्षासम्मका सबैजनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
विधार्थीहरुको स्वास्थ्य संवेदनसील विषय रहेको महसुस गर्दै कार्यक्रम सुरु गरिएको उहाँले जानकारी दिनुभयो । सामुदायिक विधालय निरिक्षणकै क्रममा पछाडी बेन्चमा बस्ने एकजना विधार्थीले आँखा कमजोर भएकै कारण अगाडि पढाएको लेखाएको पढ्न नसकेको अवस्था आफुले पत्यक्ष देखेपछी यस्तो अभियान चलाउने प्रेरणा आफुले पाएको उहाँको भनाइ छ ।
भरतपुर महानगरका जनस्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीका विद्यार्थीको स्वास्थ्य परीक्षण तथा स्क्रिनिङ अन्तर्गत आँखाको दृष्टि परिक्षण, दात तथा मुख स्वास्थ्य परिक्षण, नाक कान घाटी विशेष गरि सुन्ने क्षमता परिक्षण, तौल उचाइ पोषण सम्बन्धी ,व्यक्तिगत सरसफाई, किशोरीहरुको महिनावारी स्वास्थ्य, प्रजनन स्वास्थ्य र अपाङ्गता र अशक्तताको अवस्थालाई समेत स्क्रनिङ कार्यक्रममा समेटिनेछ ।
दुई सय ९ वटा टिमबाट एक सय ८ विद्यालयबाट करिब ४३ हजार ६६८ लक्षित विद्यार्थीको स्वास्थ्य परिक्षण गरिने लक्ष्य राखिएको सुवेदीले जानकारी दिनुभयो । जस्को लागि प्यारामेडिक्स र नर्स गरि ५९७ र ३५ जना ३५ जना विद्यालय नर्स समेत खटिने उहाँले बताउनुभयो । यो अभियान फागुन महिनाभर चल्नेछ । अभियानको प्रभावकारीता हेरेर आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको उहाँको भनाइ थियो ।
कार्यक्रमको लागि प्राविधिक सहयोग महानगरका स्वास्थ्य विज्ञ सल्लाहकार डा भोजराज अधिकारी र भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा किरण देवकोटाबाट प्रदान हुनेछ ।
शुभारम्भ कार्यक्रममा भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनाल, स्वास्थ्यविज्ञ डा भोजराज अधिकारी, भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा. किरण देवकोटा, नारायणी नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर थापा, जनस्वास्थ्य कार्यालय प्रमुख दिनेश रुपाखेती, जनस्वास्थ्य अधिकृत केशवप्रसाद भट्ट, जनस्वास्थ्य निरीक्षक शिव पौडेललगायतको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij