Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका म्याट नियुक्त

राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका म्याट नियुक्त

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रोस नियुक्त भएका छन् ।एन्फाले रोसलाई एक वर्षको लागि मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ । मुख्य प्रशिक्षकसँग भोलि ९सोमबार० अन्तरक्रिया कार्यक्रम राखिएको एन्फाले बताएको छ ।

एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेल नजिकिँदै जाँदा एन्फाले नयाँ प्रशिक्षक नियुक्त गरेको हो । भिनसेन्जो अल्बर्टो एनेसको बहिर्गमनपछि नेपाली फुटबल टिम मुख्य प्रशिक्षकविहीन थियो ।

विदेशी प्रशिक्षक नहुँदा नेपालले नविन न्यौपानेको प्रशिक्षणमा ताजिकिस्तान गएर घरेलु टोली र अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।राष्ट्रिय फुटबल टिम मुख्य प्रशिक्षकविहीन नै बनेपछि एन्फाले न्यौपानेलाई दुई खेलको लागि अन्तरिम प्रशिक्षक बनाएको थियो । त्यसयता नेपालले कुनै खेल खेलेको छैन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट