Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

च्याम्पियन्स ट्रफीमा सबैभन्दा बढी विकेट लिने मिल्स

च्याम्पियन्स ट्रफीमा सबैभन्दा बढी विकेट लिने मिल्स

काठमाडौँ : आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको इतिहासमा सर्वाधिक विकेट लिने बलर न्युजिल्यान्डका कायल मिल्स हुन् । सन् २००२ देखि सन् २०१३ सम्म च्याम्पियन्स ट्रफीमा १५ खेल खेलेका मिल्सले कुल २८ विकेट लिएका छन् ।

सर्वाधिक विकेट लिने बलरको सूचिमा श्रीलंकाका लासिथ मालिंगा दोस्रो स्थानमा आसीन छन् । सन् २०००६ देखि सन् २०१७ सम्म १६ खेल खेलेका मालिंगाले कुल २५ विकेट लिएका छन् । यो सूचिमा श्रीलंकाकै मुथैया मुरलिधरन तेस्रो स्थानमा छन् । मुरलिधरनले सन् १९९८ देखि सन् २००९ को बिचमा च्याम्पियन्स ट्रफीको १७ खेलको १५ पालीमा कुल २४ विकेट लिएका छन् । अस्ट्रेलियाका ब्रेट ली चौथो र अस्ट्रेलियाका ग्लेन म्याग्रा पाँचौँ स्थानमा आसीन छन् । लीले २२ र म्याग्राले २१ विकेट लिएका छन् । इंग्ल्याण्डका जेम्स एन्डर्सनले पनि २१ विकेट हात पारेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट