काठमाडौं : आईसीसी च्याम्पियन्स ट्रफीअन्तर्गत आयोजक पाकिस्तान र बंगलादेशबीचको खेल रद्द भएको छ।समूह ‘ए’ अन्तर्गत रावलपिन्डीमा हुने तय भएको खेल वर्षाका कारण टस नै नभइ रद्द भएको हो।दुवै टोली यसअघि नै समूह चरणबाट बाहिरिएका थिए। समूहमा भारत र न्युजिल्यान्डसँग पराजित भएसँगै दुवै टोली समूहको अन्तिम खेलअघि नै बाहिरिएका थिए।
आज निर्धारित खेल दुवै टोलीको प्रतिष्ठाको लडाइँ थियो। यससँगै अघिल्लो संस्करणको विजेता पाकिस्तान घरेलु मैदानमा आयोजना भएको प्रतियोगितामा जितबिहीन बन्यो।यद्यपी पाकिस्तान र बंगलादेश दुवै टोली अंकबिहीन हुनबाट भने जोगिए। यो समूहबाट अन्तिम चारमा पुगिसकेका भारत र पाकिस्तानबीचको खेलले समूह विजेताको टुंगो लाग्नेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij