पोखरा : पर्यटकीय राजधानी पोखरामा हुन लागेको ‘एलजी फेस्ट २०२५’ को सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था लालिगुराँस एशोसियसनले जनाएको छ ।पोखराको सबैभन्दा ठूलो संगीत उत्सवका रुपमा लिइएको एलजी फेस्टमा नेपालकै चर्चित ब्याण्ड र कलाकारहरुको प्रस्तुति रहने छ ।
फागुन १६ गते शुक्रबार अम्मरसिंह ग्राउण्डमा आयोजना हुने कार्यक्रमको तयारी पूरा भएको आयोजकमध्येका समिर बस्नेतले बताएका छन् । अन्तर्राष्ट्रिय सफलतापछि अब नेपालमा पहिलो पटक भब्य म्युजिक फेस्टको आयोजना हुन लागेको उनले बताए ।म्यूजिक फेस्टमा लाइभ म्मूजिकका अलवा स्वादिष्ठ खानाका परिकार, विशेष पेय पदार्थ र मनोरञ्जनका कार्यक्रमहरु हुनेछन् ।
पोखरामा आयोजना हुने एलजी फेस्ट २०२५ मा हाँस्य कलाकार जितु नेपालले कार्यक्रम होस्ट गर्दैछन् भने कार्यक्रममा नेपाली ब्याण्ड जोन एण्ड द लोकल्स, पूर्ण राई एण्ड द दाजुभाई र एमटी. ८८४८, लक्ष्य ब्याण्ड, ह्याप्पी भिलेज अर्चएस्ट्रा (इन्टरनेशनल) लगायतका ब्याण्ड र कलाकारहरुले दर्शकहरुलाई मनोञ्जन प्रदान गर्नेछन् ।
लालीगुराँस एसोसिएसनले चिनियाँ नयाँ वर्षको अवसरमा हङकङमा जनवरी ३० मा ‘एलजी फेस्ट २०२५’ सफलतापूर्वक सम्पन्न गरिसकेको छ । हङकङको इतिहासमै पहिलो पटक खुल्ला ठाउँमा सम्पन्न ‘एलजी फेस्ट २०२५’ मा झण्डै पाँच हजार दर्शकको उपस्थिति रहेको थियो ।लालीगुराँस एसोसिएसनले ‘एलजी नाइट’ पछिल्लो समय अस्ट्रेलिया, यूके, अमेरिका, मकाउ, जापानलगायतका देशमा पनि गर्दै आएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij