काठमाडौं : काठमाडौंमा डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरू भएको छ।महान्यायाधिवक्ता कार्यालयको आयोजनामा बिहीबारदेखि सम्मेलन सुरु भएको हो ।सम्मेलनमा १३ देशका प्रतिनिधिहरुको सहभागिता रहेको छ । सम्मेलनको बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्।
उद्घाटनपछि डिजिटल अपराध, त्यसका प्रवृत्ति, अनुसन्धान अनि न्यायनिरुपणका विषयमा छलफल हुनेछ।सम्मेलनमा सहभागी विज्ञहरुले ‘डिजिटल युगका अपराधहरु : पूर्वानुमान र त्यसमाथिको सम्बोधन’ भन्ने अवधारणामा कार्यपत्रहरु प्रस्तुत गर्नेछन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij