काठमाडौं : देशकै पुरानो र ठूलो वीर अस्पतालमा केही कर्मचारी र मेडिकल माफियाको मिलेमतोमा चरम अनियमितता भइरहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि राष्ट्रिय सतर्कता केन्द्र, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रधानमन्त्री कार्यालयसम्म पटक–पटक उजुरी पर्दा समेत कारबाही नभएको भन्दै वीरकै कर्मचारीहरुले आवाज उठाउन थालेका छन् ।वीर अस्पतालका केही कर्मचारीहरुले अस्पतालमा कार्यरत केही कर्मचारीहरुका कारण वीर अस्पताल भ्रष्टहरुको अखडा बन्न लागेको आरोप समेत लगाएका छन् ।
अस्पतालको मेडिकल स्टोरमा कार्यरत कर्मचारी नवराज धिताल र जनरल स्टोरमा कार्यरत बैकुण्ठ लुईटेलमाथि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्यास)का उपकुलपति र अस्पतालका निर्देशकलाई समेत तर्साएर आर्थिक लाभ लिने गरेको आरोप लग्दै आएको छ ।धितालमाथि केही समय अगाडि मेडिकल स्टोरमा आएको १० लाखको सर्जिकल ग्लोब्स गायब बनाएको आरोप लाग्ने गरेको छ ।
अस्पतालको जनरल स्टोरमा फर्निचर, सोफा, कुर्सी, सरसफाइका सामान, कागज, डटपेन, कार्पेट, पर्दा गुणस्तरहीन मगाएर दोब्बर तेब्बर बढी बिल बनाउन लगाई करोडौं भ्रष्टाचार गरेको आरोप लुईटेलमाथि लाग्दैआएको छ । उनी बिगत ६ बर्षदेखि स्टोर प्रमुख छन् ।
फागुन ४ गतेदेखि रिक्त वीर अस्पतालको निर्देशकमा आफूनिकटलाई ल्याउन शक्तिकेन्द्रमा पैसा बुझाउनुपर्छ भनी दर्जनौं व्यापारीसँग सहयोग समेत मागेको आरोप लागेपछि अस्पताल कर्मचारी र केही व्यापारीहरुले धिताल र लुईटेलमाथि कारबाहीको माग गरेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij