Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

क्यान्सर पीडित पत्रकार बानियांँलाई सहयोग

क्यान्सर पीडित पत्रकार बानियांँलाई सहयोग

चितवन : ब्रेन क्यान्सर पीडित चितवनका पत्रकार संगिता बानियालाई उपचारको लागि नन्दप्रसाद भट्टले आर्थिक सहयोग गर्नुभएको छ । आइतबार भरतपुर महानगरपालिका वडा नम्बर १६ स्थित बानियांँकै निवासमा पुगेर भट्टले १२ हजार १५० रुपैंया सहयोग गर्नुभएको हो ।

नगद हस्तान्तरणपछि प्रतिक्रिया दिदैं सोही वडाका भट्टले उपचारका लागि बानियांँको आर्थिक अभाव भएको थाहा पाए संँगै सहयोग गर्न निवासमा पुगेको बताउनु भयो । ‘मैले आफ्नै वडामा पत्रकार बहिनीको उपचारको लागि आर्थिक संकलन भईरहेको थाहा पाएंँ, भट्टले भन्नुभयो , यो मेरो दायित्व र मानव धर्म पनि हो, अरुका लागि सहयोग गर्ने प्रेरणा होस भन्ने पनि हो ।’

२० बर्ष अघिदेखि विभिन्न संस्था, व्यक्ति तथा शिक्षा , स्वास्थ्य क्षेत्रमा आर्थिक सहयोग गर्दै आउनु भएका शिक्षा प्रेमी भट्टले आगामी दिनमा पनि पत्रकार बानियांँको लागि सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘यो मेरो पहिलो चरणको सहयोग हो, भट्टले भन्नुभयो, अन्य देश , विदेशमा रहेका मनकारी मनलाई सहयोग गर्न समेत आग्रह गर्दछु ।’ सो क्रममा अनुरोध गर्दै क्यान्सर पीडित बानियांँले उपचारको लागि भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पताल जानुपर्ने भएकोले सहयोगको लागि अपिल गरेको बताउनु भयो । उहांँले सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद सहित कृतज्ञता व्यक्त गर्नुभयो । उहांँले प्रत्यक्ष भेटेर वा आफ्नै ग्लोबल आईएमईको खाता नम्बरमा डिपोजिट गर्न समेत अनुरोध गर्नुभयो ।

दुई बर्षअघिदेखि क्यान्सर रोग पीडित बानियांँलाई शुरुवातमा स्तन क्यान्सर देखिएको थियो । स्तन क्यान्सर पूर्णरुपमा निको भएपनि पुनः ब्रेनमा क्यान्सर देखिएको हो । बानियांँको उपचारमा यसअघि ४० लाख रुपैंया खर्च भईसकेको छ भने ब्रेन क्यान्सर उपचारमा थप ४० लाख लाग्ने चिकित्सकले बताएका छन ।

बानियांँको उपचारमा आर्थिक सहयोग संकलनका लागि सामाजिक अभियान्ता विदुर केसीको नेतृत्वमा ८ सदस्यीय अभियान समिति गठन भइसकेको छ । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुलीको अध्यक्षतामा बसेको सर्वपक्षीय उपस्थितिमा ‘क्यान्सर पीडित पत्रकार संगीता बानिया सिलवाल बचाउ अभियान’ गठन गरेर आर्थिक संकलनलाई तीब्र पारिएको छ । बानियांँ लामो समयदेखि स्थानीय शिवशक्ति रेडियोमा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट