Logo

Oct 30 2026 | २०८३, कार्तिक १४गते

‘खेलकुदमा लगानी छैन, आर्थिक नहुँदा कतिपय खेलाडीलाई जर्सी पुगेन’

‘खेलकुदमा लगानी छैन, आर्थिक नहुँदा कतिपय खेलाडीलाई जर्सी पुगेन’

अछाम : चौपाटी गाउँपालिका खेलकुद बिकास समितिका अध्यक्ष तुल बहादुर साउँदले खेलकुद क्षेत्रमा सरकारले लगानी नगरेको बताएका छन् ।आइतबार चौरपाटी गाउँपालिकाको खेल मैदानमा सकिएको १५औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले खेलकुद क्षेत्रमा कम लगानी गर्ने गरेको बताए । आर्थिक अभावका कारण कतिपय गाउँपालिकाका सबै खेलाडीले जर्सीसमेत नपाएको बताए । उनले भने, ‘खेलकुद क्षेत्रमा सरकारको लगानी न्यून छ । सबै खेलाडीहरुलाई जर्सी किन्नसमेत पैसा पुग्दैन ।’उनका अनुसार आर्थिक अभावका कारण खेलकुद गतिविध गर्न पनि समस्या हुने गरेको छ । साथै उनले स्थानीय सरकारहरुलाई खेलकुद क्षेत्रको विकासका लागि लगानी बढाउन आग्रह गरे ।

यसैगरी जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मंगलसेन नगरपालिकाले हात पारेको छ । उसले ७ स्वर्ण, ६ रजत, ३ कांस्य प्राप्त गरेर पहिलो भयो । यता चौरपाटी गाउँपालिकाले १ स्वर्ण, २ रजत, २ कांस्यमा चित्त बुझायो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट