Logo

Oct 30 2026 | २०८३, कार्तिक १४गते

शैलेन्द्र सिम्खडालाई ‘साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार’ दिइने

शैलेन्द्र सिम्खडालाई ‘साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार’ दिइने

काठमाडौँ : चर्चित हास्य कलाकार तथा कवि शैलेन्द्र सिम्खडालाई ‘साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार’ प्रदान गरिने भएको छ । साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कारको छनौट समितिको हालै बसेको बैठकले शो निर्णय गरेको हो ।

छनौट समितिको संयोजकमा विशिष्ट हास्य व्यङ्ग्य कलाकार बसुन्धारा भुसालसहित अन्य चार जना रहेका छन् । हिमालयन शेर्पा सांस्कृतिक केन्द्रद्वारा वार्षिक रूपमा साम्दे शेर्पा स्मृति कोष मार्फत वितरण गर्दै आएको यो पुरस्कार कला क्षेत्रमा नेपाली हास्यव्यङ्ग्य मार्फत नेपाली मौलिकता, क्षेत्रीय कलाहरूको प्रवर्द्धन, सृजनशीलता र प्रभावकारितालाई मध्यनजर गर्दै सिम्खडालाई दिइन लागिएको हा ।

पुरस्कार आगामी १५ गते बिहीबार एक कार्यक्रमका बिच पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हातबाट प्रदान गरिनेछ । सिंखडा लामो समयदेखि स्टेज तथा डिजिटल सञ्चार माध्यममा हास्य व्यङ्ग्य प्रस्तुति दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट