Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

बलियो टिम म्यानमारलाई नेपालले बराबरीमा रोक्यो

बलियो टिम म्यानमारलाई नेपालले बराबरीमा रोक्यो

काठमाडौँ : अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता अन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेल म्यानमारसँग बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेल २-२ गोलको बराबरीमा सकिएको हो ।

सिंगल लिगमा भइरहेको प्रतियोगितामा यी दुई टोली अपराजित रहँदै एक खेल अगाबै फाइनलमा भने प्रवेश गरिसकेका छन् । नेपालले किर्गिस्तान र लेबनानलाई समान १-० ले पराजित गरेको थियो।

म्यानमारले भने लेबनानलाई ३–१ र किर्गिस्तानलाई ५-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । ५५ औं वरीयतामा रहेको म्यानमारलाई भने नेपालले अहिलेसम्म पराजित गर्न सकेको छैन ।सन् २००९ मा भएको पहिलो भेटमा यी दुई टोलीले १–१ को बराबरी खेलेका थिए । त्यसपछि उज्बेकिस्तानमा भएको अर्को भेटमा भने नेपाल ३–१ ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट