Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

सुरुमै औषधी सेवन गरे हात्तीपाइले रोगबाट बच्न सकिन्छ : स्वास्थ्य मन्त्रालय

सुरुमै औषधी सेवन गरे हात्तीपाइले रोगबाट बच्न सकिन्छ : स्वास्थ्य मन्त्रालय

काठमाडौँ : हात्तीपाइले रोग मानिसलाई शारीरिक रूपमा अशक्त तथा अपाङ्गता बनाउने एक सरुवा रोग हो । यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको लामो समय पछि मात्र यस रोगका असरहरू जस्तै हात खुट्टा, स्तन र अण्डकोष सुन्निने जस्ता देखिने हुन्छ । यो रोगको लक्षण देखिसकेपछि निको पार्न नसकिने चिकित्सक बताउँछन् ।

साथै, यस रोगबाट सङ्क्रमित धेरैजसो बिरामीमा लक्षण देखिँदैन, तर सङ्क्रमित व्यक्तिबाट समुदायका अन्य मानिसहरूलाई समेत रोग सर्ने सम्भावना रहने स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसकारण हात्तीपाइले रोगबाट बच्न र प्रारम्भिक अवस्थामा नै पूर्ण रूपमा निको हुनका लागि यस रोग विरुद्धको औषधी सेवन एक मात्र उपाय रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट