पर्सा : जनमत पार्टी पर्साको लोककल्याणकारी अभियानअन्तर्गत चलिरहेको २१ औं निःशुल्क आँखा शिविर आज सम्पन्न भएको छ । जनमत पार्टी पर्साले अभियानकै रुपमा गत पुस २१ गतेदेखि आँखा शिविर सञ्चालन गर्दै आएको हो ।
शुक्रवार २१ औँ शिविर सम्पन्न भएको छ । सो शिविर कालिकामाई गाउँपालिका वडा नम्बर–३, धोबिनी गाउँपालिका वडा नम्बर–२ र वीरगन्ज वडा नम्बर–२२ मा गरि तीन ठाउँमा सञ्चालन भएको थियो । यी तीनवटा शिविरमा ३१५ जना लाभान्वित भएको जनमत पार्टी केन्द्रीय सदस्य ओमप्रकाश सराफले बताए । सो शिविरमा १०३ जनामा मोतियाबिन्दु भेटिएको उनले जानकारी गराए । मोतियाबिन्दु भएकाहरुको शल्यक्रिया वीरगन्ज सामुदायिक आँखा केन्द्रमा निःशुल्क रुपमा हुने बताइएको छ ।
यो अभियानबाट हालसम्म दुई हजार ५७५ भन्दा बढी जनसमुदाय लाभान्वित भएका छन् भने ६०४ भन्दा बढीको मोतियाबिन्दुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको नेता सरार्फले बताए । यो अभियान अझै जारी रहने उनले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij