काठमाडौँ : शंखरापुर नगरपालिका–८ स्थित जङ्गलमा चितुवा मृत अवस्थामा भेटिएको छ । कालिका देवी सामुदायिक वनमा चितुवा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए ।
सडेगलेको अवस्थामा चितुवा फेला परेको हो । घटनाबारे इलाका बन कार्यालय साँखु र प्रहरी प्रभाग साँखुको टोलीले अनुसन्धान गरिरहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij