काठमाडौँ : नेपाली आरोही प्रकाशराज पाण्डेले ल्याटिन अमेरिकाको सर्वोच्च शिखर आकोन्कागुआको सफल आरोहण गर्नुभएको छ। आरोही पाण्डेले फेब्रुअरी ६ मा उक्त हिमालको सफल आरोहण गर्नुभएको हो।
सातै महादेशका सातै उच्च शिखर आरोहणको दौडमा रहेका पाण्डेले स्थानीय समयअनुसार फेब्रुअरी ६ को बिहान ७ः५० मा उक्त हिमालको सफल आरोहण गर्नुभएको हो।

पाण्डेले नेपाली राष्ट्रिय झण्डा आकोन्कागुआमा फरफराउनुभएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय पहिले उहाँलाई नेपालको राष्ट्रिय झन्डा हस्तान्तरण गर्नुभएको थियो।
अबको योजना उत्तर अमेरिकाको सर्वोच्च शिखर देनालीको सफल आरोहण गर्ने रहने उहाँले जानकारी दिनुभयो । देनाली अमेरिकाको अलास्कामा रहेको हिमाल हो । यसलाई औपचारिक रूपमा माउन्ट मेकिन्ले भनिन्छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij