Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

प्रथम सालघारी फुटवल टुनामेन्टको उपाधि मुनाल योङ ब्वाईजलाई

प्रथम सालघारी फुटवल टुनामेन्टको उपाधि मुनाल योङ ब्वाईजलाई

रत्ननगर : रत्ननगर १२ मा रहेको डाँफे मुनाल टोल स्थित सालघारी एफसीले आयोजना गरेको प्रथम सालघारी फुटवल टुनामेन्ट- २०८१ खुल्ला नकाउट साईड फुटबल प्रतियोगिताको उपाधि मुनाल योङ ब्वाईज रत्ननगर-१६ ले जितेको छ ।

रत्ननगर-१२ स्थित बागदेबी बिद्यालयको चौरमा माघ १४ गतेदेखि सुरू भएको प्रतियोगितामा युवा तथा खेलकुद बिकास समिति रत्ननगर-७ लाई ३-१ गोलले हराउदै मुनाल योङ ब्वाईज रत्ननगर-१६ ले उपाधि जितेको हो ।प्रतियोगितामा प्रथम हुने मुनाल योङ ब्वाईजले नगद रू २२ हजार २ सय २२ र दोस्रो हुने युवा तथा खेलकुद विकास समितिले नगल रू११ हजार १ सय ११ रूपैँया प्राप्त गरेकोछ ।

सालघारी एफसीका अध्यक्ष मनिष गोलेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा नं १२ का वडा अध्यक्ष सुन्दरमणी सुवेदी, निवर्तमान वडा अध्यक्ष विर वहादुर पाख्रीन, रत्न प्रिय क्लवका अध्यक्ष वसन्त राना मगर, रत्ननगर खानेपानीका निवर्तमान अध्यक्ष भिष्मराज पौडेल, फ्रिक्वेन्सि ईन्टरनेसनलका ब्रान्च प्रमुख वसन्त दुवाडी,रत्ननगर १२ का खेलकुद संयोजक सन्तोष गोले, युवा व्यवसायी सिलन बराल लगाएतले बिजेता खेलाडीहरूलाई पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र बितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट