काठमाडौँ : लेखक तथा प्रशिक्षक बद्रीप्रसाद कार्की द्वारा लिखित पुस्तक ८८४८.८६ बजारमा आएको छ ।लोकसेवा आयोगद्वारा लिइने परीक्षा तयारीकाे प्रशिक्षण तथा आवश्यक अध्ययन सामग्री प्रदान गर्दै आउनु भएका कार्कीले संघीय निजामती सेवाको नायव सुब्बा पदको दोस्रो पत्र ‘समसायिक अध्ययन र सार्वजनिक सेवा व्यवस्थापन’ सम्बन्धी पुस्तक बजारमा ल्याँउनु भएको हो ।
नायव सुब्वाको दोस्रो पत्रको पाठ्यक्रममा आधारित रहेर विषयगत प्रश्नहरुको उत्तर पुस्तकमा समेटिएको छ ।पुस्तक लोकसेवा आयोगको नयाँ पाठ्यक्रम अनुसारको सामाग्री अध्यानका लागि मात्र नभइ लेखनसीप विकासका लागि समेत प्रभावकारी रहेको लेखक कार्कीले बताउनु भयो ।
प्रदेश निजामती सेवा,स्थानीय सेवा एवम सार्वजनिक संस्थानका परीक्षाका लागि समेत पुस्तक उपयोगी हुनेगरी सार्वजनिक ब्यवस्थापनका विषयहरु समेटिएको समेत कार्कीले जानकारी दिनुभयो ।कार्की विगत लामाे समयदेखि लोकसेवा तयारीमा रहनुभएका लाखौं प्रशिक्षार्थीहरूमाझ अब्बल प्रशिक्षकको रूपमा समेत सुपरिचित हुँनुहुन्छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij