Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

म्याग्दे गाउँपालिकाले प्रदेश पालिकास्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता गर्ने

म्याग्दे गाउँपालिकाले प्रदेश पालिकास्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता गर्ने

पोखरा : तनहुँको म्याग्देमा प्रदेशभित्रको पालिकास्तरीय अध्यक्षकप फुटबल प्रतियोगिता गर्ने भएको छ । म्याग्दे गाउँपालिकाले फागुन १३ गतेदेखि २२ गतेसम्म फुटबल आयोजना गर्न लागेको हो । प्रतियोगिताका विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार पुरस्कार पाउने छन् । यस्तै सेमिफाइनल पुग्ने २ टिमलाई १५ हजारका दरले पुरस्कार दिइनेछ ।

उत्कृष्ट खेलाडीलाई १० हजार, सर्वाधिक गोलकर्ता, मिडफिल्डर, डिफेन्डर, गोलरक्षक र प्रशिक्षकलाई जनही ५ हजार पुरस्कार दिइने आयोजकले जनाएको छ । सोही अवसरमा जिल्लास्तरीय व्याडमिण्टन र वडास्तरीय भलिबल प्रतियोगिता समेत हुने अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । व्याडमिण्टन प्रतियोगितामा पहिलो हुनेले ५० हजार र दोस्रो हुनेले ३० हजार पुरस्कार पाउनेछन् ।

फागुन १६ र १७ गते हुने प्रतियोगिता अन्तर्गत सेमिफाइनल पुग्ने २ टिमले १० पाउने छन् । म्याग्दे गाउँपालिका वडास्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगितामा दुबैतर्फ विजेताले ८० हजार र उपविजताले ५० हजार पाउने प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए । प्रतियोगिता सञ्चालनका लागि पालिकाले २० लाख विनियोजन गरेको छ ।

पालिकाले पोखरामा पत्रकार सम्मेलन मार्फत कार्यक्रमको जानकारी गराएको हो । 'प्रदेशभरीका खेलाडी सहभागी होउन् भनेर प्रचार गरिएको हो,' अध्यक्ष श्रेष्ठ भन्छन्, 'प्रतियोगिताले स्थानीय र राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुने विश्वास छ ।' फुटबल म्याग्दे ५ छाङ पाटनको खेल मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट