Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

नेदरल्यान्ड्सविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

नेदरल्यान्ड्सविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं : त्रिकोणात्मक महिला टी-२० क्रिकेट शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्धकोपहिला ब्याटिङ गर्ने भएको छ ।

नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो। नेपाली टोलीमा एलिसा कुमारी यादवको स्थानमा सीता रानामगरलाई ल्याइएको छ ।

एलिसाको स्थानमा रोमा थापाले विकेटकिपिङको जिम्मेवारी सम्हाल्ने छिन्।

नेदरल्यान्ड्सविरुद्धको पछिल्लो खेलमा सीताले ५ विकेट लिनुका साथै अविजित १० रन बनाएकी थिइन्।

तर उनलाई थाइल्यान्डविरुद्ध मंगलबारको खेलमा प्लेइङ ११ मा राखिएको थिएन्।

तीन राष्ट्र सम्मिलित यस शृंखलामा नेपाल पहिलो चार खेलमा पराजित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट