Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चौँथो हार व्यहोरेको नेपाल उपाधि भिडन्तबाट बाहिरियो

चौँथो हार व्यहोरेको नेपाल उपाधि भिडन्तबाट बाहिरियो

काठमाडौँ: काठमाडौँमा जारी महिला टी-२०आई शृंखलामा नेपालले लगातार चौँथो हार व्यहोरेको छ ।

नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलाको आफ्नो चौथो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको हो ।

आज थाइल्याण्डसँग ५ रनले पराजित भएसँगै नेपालको उपाधि जित्ने सम्भावना समाप्त भएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा थाइल्याण्डले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १०१ रन मात्र बनाएको थियो ।

अब नेपालले २ खेल खेल्ने छ जहाँ दुबै खेल जिते पनि उपाधि जित्ने सम्भावना भने हुनेछैन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट