Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

माघ २४ गतेदेखि क्यान इन्फोटेक हुने

माघ २४ गतेदेखि क्यान इन्फोटेक हुने

काठमाडौँ : क्यान इन्फोटेकको ३०औँ संस्करण माघ २४ गतेदेखि काठमाडौँमा सुरु हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)ले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आगामी माघ २४ गतेदेखि २८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा ३० औँ संस्करणको क्यान इन्फोटेक आयोजना गर्न लागेको जनाएको हो ।

क्यान इन्फोटेकमा सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरूको सहभागिता रहने क्यान महासंघका महासचिव चन्द्रविलास भूर्तेलले जानकारी दिए ।

नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरू र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने उनले बताए ।

क्यान इन्फोटेकमा करिब १५० स्टल रहने र करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा गर्ने अनुमान गरिएको क्यानले जनाएको छ । क्यान इन्फोटेकको ३०औँ संस्करणमा नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिइएको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट