Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

१४ सय बढीलाई विषालु सर्पले टोक्यो : महाशाखा

१४ सय बढीलाई विषालु सर्पले टोक्यो : महाशाखा

काठमाडौँ : नेपालमा १४ सय बढी व्यक्ति विषालु सर्पको टोकाइमा परेका छन् । सरकारी तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा ८ हजार १ सय ८१ सर्पदंशका घटनामध्ये १४ सय ८८ जनालाई विषालु सर्पले टोकेको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशभर ११० वटा केन्द्रहरू मार्फत सो घटना लिइएको हो । यहाँ सर्पदंशको उपचार हुने गरेको छ । नेपालमा भाइपर १, भाइपर २, करेत, कोब्राले बढी दुःख दिएको पाइन्छ । सर्पले टोकेको औषधि पनि प्रतिविष (एन्टीभेनम) बनाउँदा यी चार थरीका सर्पलाई लक्षित गरी बनाइन्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट