Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

‘बिरामीलाई भ्रममा पार्ने डाक्टरहरू हुन्’ भन्ने पत्रप्रति चिकित्सक संघको आपत्ति

‘बिरामीलाई भ्रममा पार्ने डाक्टरहरू हुन्’ भन्ने पत्रप्रति चिकित्सक संघको आपत्ति

काठमाडौँ : नेपाल फार्मेसी संघद्वारा गत माघ १७ जारी गरिएको ध्यानाकर्षण पत्रको नेपाल चिकित्सक संघले भर्त्सना गरेको छ । सो ध्यानाकर्षण पत्रमा ‘बिरामीलाई भ्रममा पार्ने, अज्ञानताको फाइदा उठाउने र अनुचित मुनाफा कमाउने मुख्य जिम्मेवार डाक्टरहरू हुन्’ भनेर भनिएको थियो ।

चिकित्सकहरू विरुद्ध भ्रमपूर्ण अभिव्यक्ति दिइएको भन्दै चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । महासचिव डा.सञ्जीव तिवारीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा अहोरात्र सेवामा खटिने चिकित्सकहरूमाथि लगाइएको यस्तो कपोलकल्पित तथा गम्भीर आरोपले चिकित्सकहरूको आत्मसम्मानमा ठेस पुगेको नेपाल चिकित्सक संघको ठहर रहेको छ ।’

‘वर्षौँको ज्ञान तथा अनुभवबाट दक्षता हासिल गरेका योग्य चिकित्सकहरूको मानमर्दन हुने गरी सार्वजनिक गरिएको यस्तो अपमानजन्य एवं निन्दनीय अभिव्यक्तिप्रति नेपाल चिकित्सक संघ गम्भीर आपत्ति व्यक्त गर्दै यस्तो भ्रमपूर्ण अभिव्यक्तिको घोर भर्त्सना गर्दछ,’ तिवारीले भनेका छन् ।

स्वास्थ्य क्षेत्रको समस्या निराकरण गर्न सबै एकजुट हुनुपर्नेमा अरूलाई दोष लगाउनु र कारबाहीको माग गर्नु हास्यास्पद र दुःखद भएको संघको ठहर छ । यसका साथै बिरामीको आवश्यकता अनुसार लेख्न पाउने चिकित्सकको अधिकारमाथि कसैले हस्तक्षेप नगर्न सरोकारवाला सबैलाई यसै विज्ञप्तिमार्फत अपिल गरिएको छ ।

doctor

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट