काठमाडौं : त्रिकोणात्मक महिला टी-२० श्रृङ्खलामा आज नेदरल्याण्ड्स र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।नेपाल क्रिकेट संघ क्यानको आयोजनामा बिहीबार शुरु भएको प्रतियोगिताको दोस्रो खेलमा यी दुई टोली भिड्न लागेका हुन् ।
खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा १२ बजे शुरु हुनेछ । नेदरल्याण्ड्सको महिला टोली आज लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिँदा थाइल्याण्ड विजयी सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।नेदरल्याण्ड्सले पहिलो खेलमा हिजो नेपाललाई २० रनले पराजित गरेको थियो । प्रतियोगिता माघ २५ गतेसम्म चल्नेछ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij