ओखलढुंगा : ओखलढुंगाको मानेभञ्ज्याङमा सुमो दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । खोटाङबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको सुमो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
सुमो बिहीबार बिहान करिब साढे ६ बजेतिर समयमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । दुर्घटनामा ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र उनकी बहिनी ४५ वर्षीया तारा गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।
ना १ ज ६४२१ नम्बरको सुमो खोटाङको केपीलासगढी गाउँपालिकाबाट उपचारको लागि बिरामी लिएर काठमाडौं जाँदा दुर्घटना भएको हो । राति नै दुर्घटना भएको हुन सक्ने भएपनि स्थानीयले बिहान मात्रै देखेपछि प्रहरीलाई जानकारी दिएका थिए । चालक सुनसरी जिल्लाको इनरुवा निवासी २२ वर्षीय अनिल पण्डित फरार छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij