Logo

Nov 05 2026 | २०८३, कार्तिक २०गते

कैलालीमा नालामा लडेका एक जनाको मृत्यु

कैलालीमा नालामा लडेका एक जनाको मृत्यु

धनगढी : कैलालीमा नालामा लडेको अवस्थामा भेटिएका एक जनाको मृत्यु भएको छ । बुधबार साँझ गौरीगंगा नगरपालिका-२ को मोन्यालस्थित बेहेडाबाबा सडकखण्डमा ४० वर्षीय फुलराम चौधरी लडेको अवस्थामा भेटिएका थिए ।

मादक पदार्थ सेवन गरेको अवस्थामा लडेको भेटिएका चौधरीलाई उपचारका लागि निसर्ग हस्पिटल ल्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले बताए । बोहराका अनुसार चौधरीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट