भरतपुर: शहीद दिबस अवशरमा बुधबार भरतपुर महानगरपालिका वार्ड न. -९ को संगम टोल बिकाश संस्थाको आयोजना तथा पुष्पान्जली हस्पिटलको प्राबिधीक सहयोगमा ब्राम्हण समाजको भवनमा १ दिने स्वास्थ्य शिविर सम्पन्न भयो।
स्वास्थ्य शिविरमा सचेतना कक्षासहित पेट छाती मुटु प्रेशर सुगर थाइराइड,स्त्री-प्रसूति तथा प्रजनन् रोग, ई.सी.जी. र दात-मुख तथा गिजारोगका गरी १९७ जनाको स्वास्थ्य परीक्षण गरियो । बरिस्ठ फिजीसीयन डा.भोजराज अधिकारी, डा रिकेश सापकोटा,डा रुपक ढकाल ,वरिस्ठ स्त्री प्रसूति प्रजनन् रोग विशेषज्ञ डा.रामप्रसाद सापकोटा, डा.रमा घिमीरे, दन्तरोग बिशेषज्ञ डा.बिबेक घिमिरे,डा.अजयबाबु लामिछाने, डे.हाइजीनिस्ट सिया कोइराला मधुमेह समाजकी वरिस्ठ उपाध्यक्ष तारा रिमालले प्रत्यक्ष सेवा दिनु भएको सिवीरमा फिजीसीयनले १६० जना,स्त्रीरोग ४९ जना, दंतरोगका ५४ जना ई.सी.जी.का ५५ जना सुगर टेस्ट १८० जना, औषधी १८० जना सहित र दोहोरो सेवा लिने ३५ जना गरी ७३३ सेवाग्राहीले प्रत्यक्ष सेवापाए ।
संगम टोल बिकाश संस्था अध्यक्ष गंगा सापकोटाको अध्यक्षतामा भएको शिविरको उद्घाटन भरतपुर महानगरपालिका वार्ड न. -९ वडाअध्यक्ष यमलाल कंडेलले ब्यानर पढेर गर्नुभयो । वडाअध्यक्षले शिवीरमा भरपूर सेवा लिन वडाबासीलाई अनुरोध र आउनु भएका सबै सेवादायक र सेवाग्राहीलाई धन्यबाद दिनुभयो ! कार्यक्रममा बारिस्ठ फिजीसीयन डा. अधिकारीले “जनता संग अस्पताल “ को औचित्य खानपान रहनसहन सुधार्दा धेरै रोगबाट बच्न सकिने बताउनु भयो ।
कार्यक्रममा डा.रामप्रसाद सापकोटाले स्त्री रोगबारे खुलेर भन्न सके उपचार गर्न सजिलो हुने बताउनु भयो । पुष्पान्जली हस्पिटलका सामाजिक सेवा इकाई प्रमुख तथा कार्यक्रम संयोजक केदार सुबेदीले घर दैलोंमा सेवा दिदै जनताको पहुचमा स्वास्थ्य सेवा दिदै शिबिरबाट अस्पतालमा सेवा लिन आउदा २०% सम्म छूट दिने बताउनु भयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij