युएई : युवा व्यवसायी ध्रुव तिवारी सम्मानित भएका छन् । शैली मिडिया नेटवर्क प्रालिले यूएईको दुबईमा आयोजना गरेको कार्यक्रममा ‘अन्तर्राष्ट्रिय युवा व्यवसायी सम्मान’बाट उनलाई सम्मानित गरेको हो ।
तिवारी नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका उपाध्यक्ष समेत हुन् । प्रमुख अतिथि युएईका प्रतिष्ठित अफिसर वालिद अल हसन, नेपाली समाज युएईका अध्यक्ष राम बहादुर मोक्तान र एनआरएनए यूएईका अध्यक्ष विकास शाहीले तिवारीलाई सम्मान गरेका हुन् ।
विभिन्न सामाजिक संघसंस्थामा आबद्ध तिवारीले सम्मानप्रति आभार व्यक्त आगामी दिनमा रचनात्मक काम गर्न थप हौसला मिलेको बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij