Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

माैलाकालिका अस्पतालकाे सेवा अब आफ्नै भवनबाट शुरु, नि:शुल्क स्वास्थ शिविर तथा उपचारमा छुट

माैलाकालिका अस्पतालकाे सेवा अब आफ्नै भवनबाट शुरु, नि:शुल्क स्वास्थ शिविर तथा उपचारमा छुट

चितवन : विगत लामाे समयदेखि चाैविसकाेठीबाट उपचार सेवा उपलब्ध गराइरहेकाे माैलाकालिका अस्पतालले यहि माघ २१ गतेबाट भरतपुर ११ स्थित बाइपासराेडकाे आफ्नै भवनबाट सेवा शुरु गर्ने भएकाे छ ।

[अस्पतालका निर्देशक डा. केशव भुर्तेलले]

सेवा सुरुकाे उपलक्ष्यमा अस्पतालले माघ २१ गतेदेखि २४ गतेसम्म नि:शुल्क बृहत् स्वस्थ शिविर सञ्चालन गरिने अस्पतालका निर्देशक डा. केशव भुर्तेलले बताउनुभयो । `माघ २१ गतेदेखि हामी आफ्नै सुविधा सम्पन्न भवनबाट सर्वसुलभमा अतिविशिष्टकृत सेवा सञ्चालन गर्दैछाैँ । यस अवसरमा व्यापकरुपमा जनसहभागिता रहनेगरि वृहत् नि:शुल्क स्वास्थ शिविर सञ्चालन तथा उपचार सेवामा छुट सुविधा उपलब्ध हुनेछ´ डा. भुर्तेलले भन्नुभयो ।

नयाँ भवन निर्माण सँयाेजक तथा अस्पताल सञ्चालक सदस्य इश्वरी पण्डितका अनुसार साे अवसरमा अस्पतालमा उपचार गराउनुहुने बिरामीहरुका लागि अप्रेसन, भर्ना जस्ता विषयमा ५० प्रतिशत छुट हुनेछ भने अैाषधिमा समेत छुट सुबिधा रहेकाे छ ।विगत लामाे समयदेखि विभिन्न विशेषज्ञ सहितका सेवा उपलब्ध गराउँदै आइरहेकाे साे अस्पतालले नयाँ भवनबाट अझ प्रभावकारी सेवा उपलब्ध गराउने बताएकाे छ ।

`अस्पतालमा अत्याधुनिक आइसियू, एनआइसियू, बिआइसियूका साथै ३ वटा अत्याधुनिक अप्रेसन थिएटर जडान छन् भने आमाकाे गर्वभित्र शिशुकाे शारीरिक विकास र अवस्थाकाे बारेमा जानकारी लगाएतका विषय काे अनुसन्धान गर्ने अत्याधुनिक मेसिन छन् भने विभिन्न विषयका विशिष्ट डाक्टरहरुद्वारा उपचार तथा परामर्श सेवा उपलब्ध भएकाेले आमनागरिकका लागि याे अस्पतालमा गुणस्तरीय सेवा उपलब्ध छ ´ – डा. भुर्तेलले भन्नुभयो ।

१० कठ्ठा क्षेत्रफल भित्र करिव ३५ कराेड लागतमा निर्मित यस अस्पतालमा पार्किङ लगाएतका सुविधा रहेकाे छ । माैलाकालिका अस्पताल भरतपुर स्थित मालपोत कार्यालयबाट करिव २००मिटर उत्तरतर्फ भरतपुर महानगरपालिका ११ बाइपासराेडमा अवस्थित छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट