चितवन : उद्योग वाणिज्य संघ चितवनको आयोजना एवम् जीवन विज्ञान प्रतिष्ठान नेपालको सहकार्यमा पूर्ण स्वस्थ्य र व्यवसायिक सफलताका लागि स्वजागरण कार्यक्रम भएको छ ।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले मानिसलाई आर्थिक, सामाजिक एवम् राजनैतिक तथा अन्य कामहरूले जोखिम सृजना गरिरहेको हुन्छ र जोखिमले मानिसलाई तनाव उत्पन्न बनाउने बताउँदै उहाँले व्यवसायीहरू समय व्यवस्थापन एवम् आर्थिक व्यवस्थापन गर्नका लागि नै बढी तनावमा हुने भएकाले व्यवसायीहरूलाई तनाव व्यवस्थापन गर्ने तरिकाका बारेमा जानकारी गराउने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको बताउनुभएको थियो ।
जीवन विज्ञान प्रतिष्ठान नेपालको श्रद्धेय देवी गुरुमाले पानसमा दिप प्रज्वलन गरेर गर्नुभएको कार्यक्रममा उद्घाटन गर्नुभएको कार्यक्रमको प्रमुख अतिथि जीवन विज्ञान प्रतिष्ठान नेपालका संस्थापक श्रद्धेय भानु गुरुदेव रहनुभएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि जीवन विज्ञान प्रतिष्ठान नेपालका संस्थापक श्रद्धेय भानु गुरुदेवले पूर्ण स्वस्थ र व्यवसायिक सफलताका बारेमा जानकारी गराउनुभयो । उहाँले मानिस खुसी कसरी हुने लगायत मानिसका आवश्यकताका बारेमा बताउनुभयो । समयको परिपालना र समयलाई सम्मान गर्नुपर्ने उहाँको उपदेश थियो ।
कार्यक्रममा जीवन विज्ञान प्रतिष्ठानका प्रशिक्षक गंगा देवी शर्माले श्रद्धेय भानु गुरुदेवको परिचयका बारेमा जानकारी गराउनु भएको थियो ।कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, शसस्त्र प्रहरी बल आपटारीका प्रमुख राजेश खरेल, जिल्ला अनुशन्धान जिल्ला कार्यालयका प्रमुख मनोज ढकाल, वडा प्रहरी कार्यालयको प्रमुख काशीराज थापा, उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष नारायण प्रधान, संघका कार्यसमिति सदस्यहरु, वस्तुगत संघका अध्यक्षहरु, लगायत उद्योगी व्यवसायी र जीवन विज्ञान प्रतिष्ठानका व्यक्तित्वहरू गरी करिव १५० जनाको सहभागिता रहेको उद्योग वाणिज्य संघ–चितवनको कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिनुभएको थियो ।उद्योग वाणिज्य संघ–चितवनको अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षता सम्पन्न कार्यक्रम संघका कार्यकारी निर्देश निलबहादुर के.सीले सञ्चालन गर्नुभएको थियो ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij