Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

‘एक्टरः टेक १’ प्रदर्शन रोक्न माग गर्दै अदालतमा पुग्यो रिट

‘एक्टरः टेक १’ प्रदर्शन रोक्न माग गर्दै अदालतमा पुग्यो रिट

काठमाडौँ : माघको १६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘एक्टरः टेक १’ विरुद्ध अदालतमा रिट दायर भएको छ । गत माघको ४ गतेबाट रिलिजमा आएको फिल्म ‘एक्टर’का निर्माता सम्राट थापाले प्रतिलिपि अधिकार हनन भएको भन्दै काठमाडौँ जिल्ला अदालतमा रिट दायर गरेका हुन् ।

मुद्दामा ‘एक्टरः टेक १’ले एउटै नाम राखेको भन्दै नाम परिवर्तन गर्न माग गरिएको छ । रिटमा फिल्मको नाम परिवर्तन गरी ‘एक्टर’ नामको सम्पूर्ण अधिकार आफूलाई दिन पनि माग गरिएको छ । विवादको किनारा नलागेसम्म ‘एक्टरः टेक १’को रिलिज रोक्का गर्न समेत माग रिटमा गरिएको छ ।

दायर रिटमा भनिएको छ, ‘गैरकानुनी रुपमा प्रतिलिपि चोरी गरी निर्माण गरिएको फिल्म माघको १६ गतेमा प्रदर्शन नगर्नु नगराउनु तथा अन्य अर्को व्यवस्था नभएसम्मका लागि उक्त फिल्म कुनै पनि विधि, पद्धति तथा कहीँ कतै प्रदर्शन नगर्नु नगराउनु भनी रोक्काको आदेश समेत जारी गरिपाऊँ ।’ निर्माता थापाले चलचित्र विकास बोर्डलाई समेत विपक्षी बनाएका छन् ।

राजन भुसाल निर्देशित फिल्म फिल्म ‘एक्टरः टेक १’मा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजवल्लभ कोइराला लगायतका कलाकारको अभिनय छ । यी दुई फिल्मको यस अगाडि पनि नाम विवाद निस्किएको थियो । दुबै आपसी छलफलमा मिलाएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij