Logo

Nov 05 2026 | २०८३, कार्तिक २०गते

देवघाट महामहोत्सव : देवी प्रतिभा फर्किइन्, अनुराधाले सुरु गरिन् कथा वाचन

देवघाट महामहोत्सव : देवी प्रतिभा फर्किइन्, अनुराधाले सुरु गरिन् कथा वाचन

काठमाडौँ : देवघाट महामहोत्सवमा १० दिनसम्म कथा वाचन गरेकी सुप्रसिद्ध कथावाचिका देवी प्रतिभाजीलाई बिदाइ गरिएको छ । देवघाट महामहोत्सवमा एक कार्यक्रमका बिचमा उनलाई बिदाइ गरिएको हो ।

कार्यक्रममा देवीजीले आफ्नो दश दिनको कथा वाचन पूरा गरी भक्तजनहरूसँग बिदा लिएकी हुन् । महोत्सवभरी उनले भागवत महापुराणको भावपूर्ण व्याख्या गर्दै लाखौं भक्तजनको मन जितेकी थिइन् । बिदाइ समारोहका क्रममा देवीजीले विश्वकै कान्छी कथावाचिका अनुराधा पाण्डेयलाई विशेष रूपमा कथा मञ्चमा स्वागत गरिएको छ ।

६ वर्षको उमेरदेखि कथा वाचनमार्फत आफ्नो विशिष्ट पहिचान बनाउन सफल पाण्डेयले हिन्दु धर्मको प्रचारप्रसारमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै अनेकौँ स्थानमा कथा वाचन गरिसकेकी छिन्। सानै उमेरदेखि धार्मिक ग्रन्थहरूको गहिरो ज्ञान राख्ने अनुराधा पाण्डेयले संस्कृत, हिन्दी र नेपाली भाषामा कथा प्रस्तुत गर्न सक्ने अद्वितीय क्षमता प्रदर्शन गर्दै श्रोताहरूलाई मन्त्रमुग्ध पार्न सफल भएकी छिन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट