Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चितवनमा सर्वाधिक धनराशिको ‘राइजिङ्ग भरतपुर गोल्ड कप २०८१’ हुने

चितवनमा सर्वाधिक धनराशिको ‘राइजिङ्ग भरतपुर गोल्ड कप २०८१’ हुने

चितवन : चितवनमा सर्वाधिक धनराशिको ‘राइजिङ्ग भरतपुर गोल्ड कप २०८१’ हुने भएको छ । चितवन ११ फुटवल क्लबको आयोजनमा यही माघ १२ गतेदेखि माघ १९ गतेसम्म ‘राइजिङ्ग भरतपुर गोल्ड कप २०८१’ हुने भएको हो ।

क्लबले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी चितवनको सर्वाधिक धनराशिको गोल्ड कप आयोजना गर्न लागिएको जनाएको हो । यस प्रतियोगीतामा राष्ट्रिय स्तरका ८ वटा टिमको खेल हुने छ ।

प्रतियोगीतामा प्रथम हुनेले ७ लाख, ट्रफी, मेडल, प्रमाणपत्र र द्वितीय हुनेले ३ लाख ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन् । साथै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडि, उकृष्ट गोलरक्षक, उकृष्ट रक्षापन्तिलाई १० हजार पुरस्कार दिईने चितवन ११ फुटवल क्लबका अध्यक्ष सुशील कार्कीले बताए ।

त्यस्तै प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई रु ५ हजर सहित पुरस्कृत गरिने छ । फिफाको नियम अनुसार नेपाल प्रहरी शिक्षालयको खेल मैदान (भरतपुर तालिम केन्द्र) मा हुने खेलमा राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपालफुटबल संघ, बागमती खेलकुद परिषद्, चितवन जिल्ला खेलकुद महासंघ, चितवन जिल्ला फुटवल संघ रभरतपुर खेलकुद विकास समितीले प्रवर्द्धन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट