Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

यू- १९ महिला टी-२० विश्वकपमा आज नेपालको डेब्यू खेल

यू- १९ महिला टी-२० विश्वकपमा आज नेपालको डेब्यू खेल

काठमाडौं : यू- १९ महिला टी- २० विश्वकपमा नेपालले पहिलो पटक सहभागिता जनाउँदै छ। फेब्रुअरी २ सम्म मलेसियामा चल्ने यू-१९ महिला टी-२० विश्वकपमार्फत पहिलो सहभागिता जनाउन लागेको हो। पहिलो खेलमा नेपालले शनिबार बंगलादेशको सामना गर्दैछ।

नेपालले बंगलादेशसँगको पहिलो खेल दिउँसो सबा १२ बजे मलेसियाको बाङ्गीस्थित यूएसडी-यूकेएम क्रिकेट ओभलमा खेल्दैछ। नेपालको कप्तानीमा पूजा महतो सम्हाल्दैछिन् भने बंगलादेशको कप्तानी सुमैया अख्तरले गर्दैछिन्।

विश्वकपमा नेपालसहित १६ राष्ट्रको सहभागिता छ। दोस्रो संस्करणसम्म आइपुग्दा पहिलो पटक खेल्न लागेको नेपाल समूह ‘डी’मा परेको छ। ​बंगलादेशसँगै भारत र स्कटल्याण्ड पनि नेपालकै समूहमा छन्।

गत डिसेम्बरमा मलेसियामै भएको यू–१९ एसिया कपमा नेपाल बंगलादेशसँग नै हारेको थियो। आजको खेल नेपालका लागि त्यस हारको बदला लिँदै सुपर सिक्समा पुग्ने अवसर बन्न सक्नेछ।

ऐतिहासिक विश्वकप खेल्न लागेको नेपाली टोलीले एसिया कपमा व्यहोरेको हारको बदला लिँदै जितका साथ विश्वकप यात्रा सुरूवात गर्न चाहनेछ।

जम्मा १६ टिमलाई ४ वटा समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका शीर्ष ३-३ टोलीलाई फेरी दुईवटा समूहमा राखेर सुपरसिक्सका खेल हुनेछ।

समूह ए र डि का शिर्ष ३–३ टिमबीच एउटा सुपरसिक्स र अर्को समूह बि र समूह सि का शीर्ष ३-३ टिम राखेर अर्को सुपर सिक्स खेलाइनेछ।

यो समूहमा नेपालसँगै अष्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड छन्। स्कटल्याण्ड पनि नेपालले जस्तै छनोट चरण पार गरेर विश्वकपमा पुगेको हो।

नेपालले माघ ७ गते स्कटल्याण्डसँग र माघ ९ गते अष्ट्रेलियासँग खेल्नेछ। अष्ट्रेलिया र बंगलादेश दुबै नेपाल भन्दा बलिया टिम हन्।

चारै समूहको शीर्ष तीन टोली सुपर सिक्स राउण्डमा पुग्नेछन्। जहाँ १२ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ। नेपालले समूह चरणमा एक खेल जितेर शीर्ष तीनमा रहन सके सुपर सिक्स पुग्दै थप ३ खेल खेल्ने अवसर पाउन सक्छ।

एसियाबाट नेपाल छनोट भएको हो। यस्तै नाइजेरिया अफ्रिकाबाट, युरोपबाट स्कटल्याण्ड, पूर्वी एशिया प्यसेबीकबाट सामोह र अमेरिकी क्षेत्रबाट अमेरिका छनौट भएका हुन्।

नेपाल शीर्ष तीनभित्र अटाएर अघि बढेको खण्डमा सुपर सिक्सममा समूह ‘ए’बाट भारत, मलेसिया , श्रीलंका र वेष्टइण्डिज मध्ये कुनै ३ टोलीसँग प्रतिस्पर्धा हुनेछ।

पुजा महतोको कप्तानीमा रहेको १५ सदस्यीय टोलीले विश्वकप खेल्दै छ। यो टोलीका उही खेलाडीले गत डिसेम्बरमा मलेसियामै सम्पन्न एसीसी यू-१९ महिला एसिया कप खेलेको थियो। सो एसिया कपमा नेपालले पाकिस्तानलाई हराएको थियो।

टोलीमा सोनी पाख्रिन उपकप्तान छिन्। टोलीमा सना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, अलिसाकुमारी यादव, सावित्री धामी, कृष्मा गुरुङ, तृष्णा विक, किरणकुमारी कुँवर, रिया शर्मा, सिमाना केसी, रचना चौधरी, स्नेहा महरा र अनु कडायत छन्।

गएको नोभेम्बरमा यूएईमा भएको आईसीसी यू–१९ महिला विश्वकप एसिया छनोटको उपाधि जित्दै नेपालले एसिया कप र विश्वकपमा स्थान बनाएको हो।

विश्वकप छनोट खेलेकी मनिषा उपाध्याय टिममा छैनन भने त्यत्तिबेला  विश्वकप छनोट नखेलेका अनु कडायत र किरणकुमारी कुँवरले भने टिममा इन्ट्री मारेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट