Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

केपी ओली नेतृत्वको सरकार बने देखि नै संविधान र लोकतन्त्रको भावना विरुद्ध काम : प्रचण्ड

केपी ओली नेतृत्वको सरकार बने देखि नै संविधान र लोकतन्त्रको भावना विरुद्ध काम : प्रचण्ड

चितवन :  नेकपा (माओवादी केन्द्र) का केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश राजनैतिक दुर्घटनामा जाने खतरा रहेको बताउनुभएको छ । माडीको बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयको ऐतिहासिक स्वर्ण महोत्सवको मूल समारोहको प्रमुख अतिथिका रुपमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका उहाँले सो कुरा बताउनुभएको हो ।

सदनमा विधेयक नलगी अध्यादेशबाट सरकार चलाउन खोजिएकोमा आपत्ति जनाउँदै उहाँले हालको (केपी ओली नेतृत्वको) सरकार बनेदेखिनै संविधान र लोकतन्त्रको भावना बिरुद्ध काम भइरहेको आरोप लगाउनुभयो । सुशासन, आर्थिक विकास र भ्रष्टाचार नियन्त्रणमा विशेष काम गर्दैगर्दा असंवैद्यानिक र अपारदर्शी ढंगबाट नयाँ सरकार बनेको उहाँको भनाई थियो । कार्यक्रममा सहभागी रहँदै उहाँले विद्यालयका पूर्व प्रधानाध्यापक, पूर्व वि।व्य।स। अध्यक्ष, विशिष्ट चन्दादाता र अन्य सहयोगीहरुलाई सम्मानपत्र समेत प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट