काठमाडौँ : राप्रपा सहकोषाध्यक्ष शोभित उप्रेतीले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी माथिको आक्रमणले लोकतन्त्रको उपहास र कानुनी राज्यको धज्जी उडाएको भन्दै आक्रमणको निन्दा गरेका छन् । काठमाडौँ जिल्ला अदालतमा बहस सकेर फर्किनेबेला एक समूहले त्रिपाठीमाथि आक्रमण गरेको थियो। उप्रेतीले घटनामा संग्लग्नलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् ।
उप्रेती भन्छन्–'आफ्नो कानुन व्यवसायको सन्दर्भमा अदालतमा बहस गरेकै कारण कानुन व्यवसायीमाथि भएको हातपात निन्दनीय छ । यसले कानुनी राज्यको धज्जी उडाएको छ । कुनै पनि प्रकारका अराजकता, गुन्डागर्दी नेपाली समाजमा स्वीकार्य हुन सक्दैन । अपराधीलाई तत्काल गिरफ्तार गरी कानुनी कार्यवाहीको लागि सरकारसँग हार्दिक अपिल गर्दै अपराधका विरुद्ध एक हुन काठमाडौँवासी प्रति हार्दिक अपिल गर्दछु ।'
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij