Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

वर्तमान सरकारले संसदलाई उपेक्षा गरिरहेको छ : माधव नेपाल

वर्तमान सरकारले संसदलाई उपेक्षा गरिरहेको छ : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले संसदलाई उपेक्षा गर्ने काम गरिरहेको आरोप लगाएका छन् ।

काठमाडौंमा बसेको समाजवादी मोर्चाको बैठकपछि बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले अहिले सत्ताको दुरुपयोग भइरहेको बताए।

अध्यक्ष नेपालले सरकारले संविधान र संसदलाई उपेक्षा गर्ने काम गरिरहेको र सत्ताको दुरुपयोग भइरहेको बताए।

संसदीय समितिमा विधेयकहरु रहेको अवस्थामा नियमबिपरित अध्यादेश ल्याउने काम भइरहेकाले खवरदारीका साथ दबाब दिनुपर्ने उनले बताए।

उनले समितिमा विचाराधीन विधेयक फिर्ता भएपछि मात्रै अध्यादेश ल्याउन मिल्ने जिकिर गरे।

अध्यादेश ल्याउनै पर्ने भए सबै दलसँग छलफल गर्दा राम्रो हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij