Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा आमसभा गर्ने

समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा आमसभा गर्ने

काठमाडौं : समाजवादी मोर्चाले आगामी माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको हो। मोर्चाका तर्फबाट सञ्चारकर्मीहरूसँग कुरा गर्दै खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सबै दल मिलेर उक्त कार्यक्रम गर्न लागिएको बताए।

उनले आजको बैठकमा मोर्चाको विगतका विषयमा समीक्षा भएको बताए। त्यस्तै यसअघि मोर्चाको प्रतिवेदन बनाउने काम भइरहेको उनले बताए।

उक्त प्रतिवेदन तयार पारेर शीर्ष नेतृत्वलाई छिट्टै बुझाउने उनले बताए।

त्यस्तै, यसबीचमा समाजवादी मोर्चाका बैठक र कार्यक्रम सुस्त भएकोबारे गम्भीर समीक्षा भएको छ।

समाजवादी मोर्चाका सबै गतिविधि र कामको संश्लेषण गरेर प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा रहेको जानकारी गराउँदै उनले शीर्ष नेताहरूलाई उक्त प्रतिवेदन हस्तान्तरणको काम पनि चाँडै हुने जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij