Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सार्वजनिक सेवा प्रसारणसँग स्वास्थ्य मन्त्रालयको सहकार्य हुन्छ: प्रदीप पौडेल

सार्वजनिक सेवा प्रसारणसँग स्वास्थ्य मन्त्रालयको सहकार्य हुन्छ: प्रदीप पौडेल

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सार्वजनिक सेवा प्रसारणले राज्यले प्रवाह गर्ने स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच स्थापित गर्न भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ ।

पिएसबीको पूर्वारम्भ अर्थात पिएसबी प्रि-लञ्चिङको दोस्रो दिन आज “समृद्धिको आधार,सबल साझेदार” विषयमा भएको संवादमा बोल्नु हुँदै स्वास्थ्य मन्त्री पौडेलले संविधानले ब्यवस्था गरेको स्वास्थ्य सम्बन्धी मौलिक हकको कार्यान्वयनमा राज्यले प्रवाह गर्ने सेवा र नीतिगत प्रबन्ध सम्बन्धी सूचनाहरूलाई नागरिक माझ पुर्‍याउन पिएसबीसँग मन्त्रालयले सहकार्य गर्ने बताउनु भयो ।

”नागरिकका स्वास्थ्य सेवा अधिकारका रक्षाका लागि राज्यले धेरै नीतिगत प्रबन्ध गरेका छौँ । कुन अस्पतालमा के सेवा सुविधा छ ? कहाँ, के सेवा, कसलाई नि: शुल्क गरिएको छ । राज्यले गरेका यी ब्यवस्थाहरुको सूचना सार्वजनिक सेवा प्रसारणमार्फत नागरिक माझ पुर्‍याउन आवश्यक छ, त्यसमा पिएसबीसँग सहकार्य हुन्छ” मन्त्री पौडेलले भन्नुभयो ।

नागरिकको स्वास्थ्य र शिक्षाको सवालमा पिएसबीले कसरी भूमिका निर्वाह गर्न सक्छ र अबको दिनमा पिएसबीसँग यस्ता जनतासँग प्रत्यक्ष सरोकारका विषयमा कसरी सहकार्य हुन सक्ला भन्ने सन्दर्भमा आजको कार्यक्रम राखिएको थियो ।हिजोदेखि पिएसबीको पूर्वारम्भ शुरु भएर भोलिसम्म जारी रहने छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij