Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

हिउँदे अधिवेशनबाट शिक्षा ऐन पारित गराउन कांग्रेस महामन्त्रीलाई ध्यानाकर्षण

हिउँदे अधिवेशनबाट शिक्षा ऐन पारित गराउन कांग्रेस महामन्त्रीलाई ध्यानाकर्षण

काठमाडौँ : नेपाल शिक्षक महासंघले संसद्को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित गराउन नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई ध्यानाकर्षण गराएका छन् ।

कांग्रेस महामन्त्री थापालाई भेटेर संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको क्रममा रहेको विधेयक चाँडो पारित गराउन ध्यानाकर्षण गराएका हुन् ।

संसद्को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गराउन ध्यानाकर्षण गराइएको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।

भेटको क्रममा सरकारले भर्खरै जारी गरेको अध्यादेशका सम्बन्धमा समेत गम्भीर छलफल भएको उनको भनाइ छ । महासंघले समितिमा छलफलको क्रममा रहेको विधेयक चाँडो टुङ्गो लगाउनुपर्ने माग राख्दै आएको छ । सोही आधारमा महासंघले सरोकारवालाहरूको ध्यानाकर्षण गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij