Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सार्वजनिक सेवा प्रसारण जनताको आवाज बन्न सक्नु पर्छ

सार्वजनिक सेवा प्रसारण जनताको आवाज बन्न सक्नु पर्छ

काठमाडौँ : राजनीतिक दलका नेताहरूले सार्वजनिक सेवा प्रसारण विश्वसनीय सूचनाको साझा संस्था बन्नुपर्ने बताउनु भएको छ ।

पिएसबी नेपालको प्रि-लन्चिङ कार्यक्रम अन्तर्गत आज नेपाल टेलिभिजनमा भएको राजनीतिक बहसमा नेताहरुले यस्तो बताउनु भएको हो ।

बहसमा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले सार्वजनिक संस्था सत्ता पक्ष र प्रतिपक्ष कसैको नबनी जनताको बन्नुपर्ने बताउनु भयो ।

विगतको इतिहासमा रेडियो नेपाल र नेपाल टेलिभिजनले खेलेको भूमिकाको प्रशंसा गर्दै नेता पौडेलले बदलिएको अवस्थामा राज्यको सूचना सम्प्रेषण निष्पक्ष माध्यम पिएसबी बन्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा रास्वपा नेता सन्तोष परियारले सार्वजनिक सेवा प्रसारण स्वतन्त्र र निष्पक्ष तथा जनताप्रति जवाफदेही बन्नु पर्ने बताउनु भयो ।

सामाजिकीकरणको मुख्य संस्थाको रुपमा संचार माध्यम रहेको भन्दै संविधानले ब्यवस्था गरेको समावेशिता, विविधता र समानुपातिक प्रतिनिधित्वको सुनिश्चिताको वातावरण निर्माण गर्न पिएसबीले भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।

त्यसैगरी, जनता समाजवादी पार्टीकी नेतृ रन्जुकुमारी झाले सार्वजनिक सेवा प्रसारण जनताको आवाज बन्नु पर्ने र उनीहरूको आवाजलाई नै बुलन्द गर्नुपर्ने धारणा राख्नु भयो ।

संविधानमा रहेका मौलिक हकहरुको कार्यान्वयनमा सार्वजनिक सेवा प्रसारणको ध्यान जानुपर्ने नेतृ झाको भनाइ थियो ।

पिएसबी नेपालले आजदेखि सुरु गरेको प्रि-लञ्चिङ्ग कार्यक्रम भोलि र पर्सि पनि जारी रहने छ।कार्यक्रमको समापन पर्सि माघ ३ गते हुने छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij