Logo

Nov 06 2026 | २०८३, कार्तिक २१गते

गोदावरी धाममा माघी स्नान गर्नेको घुइँचो

गोदावरी धाममा माघी स्नान गर्नेको घुइँचो

कैलाली : मकर सङ्क्रान्तिका अवसरमा सुदूरपश्चिमको प्रसिद्ध धार्मिकस्थल कैलालीको गोदावरी धाममा माघी स्नान गर्न आउने तीर्थालुको घुइँचो लागेको छ ।

यहाँ आज मंगलबार बिहानैदेखि तीर्थालुको घुइँचो लागेको हो । स्नान गर्न जाने र फर्किनेको भिड भएकाले ठाउँ–ठाउँमा ट्राफिकजाम समेत भइरहेको छ ।

कैलाली कञ्चनपुरका स्थानीयसँगै पहाडी जिल्ला र सीमावर्ती भारतका विभिन्न ठाउँबाट गोदावरीमा भक्तजन आउने गरेका छन् ।यस्तै गोदावरी धाममा सोमबारदेखि मकर मेला पनि सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij