काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय हितको मूल उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्।
माघी पर्व २०८१ का अवसरमा राष्ट्रपति भवन शीतल निवासमा भएको चियापान समारोहमा बोल्दै राष्ट्रपति पौडेलले सो कुरा बताएका हुन् ।
उनले देशमा सुशासन, विकास र शान्तिनै नेपाल र नेपालीको अभिष्ट भएको बताए। उनले संविधान र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको मूल लक्ष्य पनि देशमा सुशासन, विकास र शान्तिनै भएको बताए।
विभिन्न जातजातिले उत्सवकारुपमा मनाउने यसप्रकारका पर्वले नेपालीबीच आपसी प्रेम, भ्रातृत्व तथा मेलमिलापको भावना अभिवृद्धि गर्दै सबैलाई एकताको सुत्रमा बाँध्न र राष्ट्रिय एकतालाई सुदृढ गराउन योगदान दिने विश्वास उनको छ।
राष्ट्रपति पौडेलले सबैलाई आ-आफ्नो क्षेत्रबाट निस्वार्थ ढंगले अघि बढ्न प्रेरणा मिल्ने भन्दै सम्पूर्णमा माघी पर्वको शुभकामना व्यक्त गरेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij