Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

पालिका अध्यक्ष हारेका आउजीलाई भूमि आयोग अछामको जिम्मेवारी

पालिका अध्यक्ष हारेका आउजीलाई भूमि आयोग अछामको जिम्मेवारी

अछाम : सरकारले अछामको राष्ट्रिय भूमि आयोग अध्यक्षमा राम आउजीलाई नियुक्त गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सोमबारको मन्त्रीस्तरीय बैठकले आउजीलाई अध्यक्षमा नियुक्त गरेको हो ।

मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले जारी गरेको नियुक्ति पत्रमा भनिएका छन्, ‘भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ को दफा ८ को उपदफा (१) को खण्ड (क) बमोजिम तपाईलाई भूमि समस्या समाधान आयोग, जिल्ला समिति अछामको अध्यक्ष पदमा ऐ. आदेशको दफा ८ को उपदफा (३) बमोजिमको पदावधि कायम हुने गरी माननीय मन्त्रीस्तरको मिति २०८१।९।२९ को निर्णयानुसार नियुक्ति गरिएको व्यहोरा सहर्ष जानकारी गराउँदछु ।’

साथै उनले अध्यक्ष पदमा नियुक्त भएकोमा हार्दिक बधाई दिँदै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानमा सक्रिय योगदानको अपेक्षा गरेको बताए ।

उनको घर अछामको चौरपाटी गाउँपालिका-६ दुनी हो । उनी २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा हारेका थिए । उनले २ हजार ५०६ मत प्राप्त गर्दा ३ हजार ९८२ मतसहित नेपाली कांग्रेसका भीम बहादुर साउद विजयी भए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij