Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बीआरआई सम्झौतामा ऋण भन्ने शब्द कतै छैन : परराष्ट्रमन्त्री राणा

बीआरआई सम्झौतामा ऋण भन्ने शब्द कतै छैन : परराष्ट्रमन्त्री राणा

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवाले बीआरआई सम्झौतामा कतै पनि ऋण भन्ने शब्द उल्लेख नरहेको बताएकी छन्।

प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री राणाले सो कुरा बताएका हुन्।

उनले नेपाल सरकार र चीनबीच हालै सम्पन्न बिआरआई सम्झौतामा ऋण लिने भन्ने विषय कतै पनि उल्लेख नभएको बताइन् ।

परराष्ट्रमन्त्री राणाले भने,‘सो सम्झौतामा ऋण लिने भनेर कतै लेखिएकै छैन। त्यसमा प्रयोग गरिएको ‘एड’ शब्दको अर्थ पनि मैले बुझेसम्म ऋण भन्ने होइन। तर यहाँ भने किन हो नेपालले ऋणमा सम्झौता गरेको भनेर मात्र भन्ने गरिएको छ।’

नेपालले बिआरआईअन्तर्गत सहयोगमा आधारित परियोजनामा हस्ताक्षर गरेको र त्यसमा ऋण लिने भन्ने कुरा नलेखिएको पनि उनले बताइन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij